दफा १०
नेपाल राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने
नेपाल सरकारले देहायको विषयमा भएको निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछः–
(क) गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सीमाना निर्धारण तथा सोको हेरफेर,
(ख) गाउँपालिका तथा नगरपालिकाको नाम तथा सोको हेरफेर,
(ग) गाउँपालिका तथा नगरपालिकाको वडा सङ्ख्या, चारकिल्ला खुलेको सीमाना निर्धारण सोको हेरफेर,
(घ) गाउँपालिका तथा नगरपालिकालाई एकआपसमा गाभिएको,
(ङ) नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाको घोषणा ।